चर्चित भारतीय अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको निधन
सारांश
- प्रसिद्ध बलिउड अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भयो।
- उनले सन् १९७० र १९८० को दशकमा अभिनय र गायनबाट चर्चा कमाएकी थिइन्।
- उनको अन्तिम संस्कार शुक्रबार दिउँसो मुम्बईमा गरिनेछ।
नयाँ दिल्ली । बलिउडकी चर्चित अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको निधन भएको छ । बिहीबार मुम्बईको नानावती अस्पतालमा ७१ वर्षको उमेरमा उनको निधन भएको हो ।
सन् १९७० र १९८० को दशकमा आफ्नो अभिनय र गायनबाट प्रसिद्धि हासिल गरेकी थिइन् । सुलक्षणाको बिहीबार राति ८ बजे हृदयघातका कारण मृत्यु भएको उनको भाइ ललित पण्डितले बीबीसी हिन्दीलाई बताए ।
सुलक्षणा पण्डितले सञ्जीवकुमार अभिनीत सन् १९७५ को फिल्म ‘उल्झन’ बाट नायिकाको रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले १९७० र १९८० को दशकमा सङ्कोच, हेरा फेरि, अपनपन, खानदान, धर्म कान्ता, चेहरे पे चेहरा र वक्त की दिवार लगायत धेरै फिल्ममा अभिनय गरिन् ।
उनले आफ्नो समयका सञ्जीवकुमार, जितेन्द्र, राजेश खन्ना, शशि कपूर, विनोद खन्ना र शत्रुघ्न सिन्हा जस्ता कयौँ प्रख्यात कलाकारहरूसँग काम गरिन् ।
सुलक्षणाले आफ्नो गायन करियर बाल गायिकाको रूपमा लता मंगेशकरसँग १९६७ को फिल्म ‘तकदीर’ मा गीत गाएर सुरु गरेकी थिइन् । पछि पार्श्व गायिकाको रूपमा उनले किशोर कुमार, मोहम्मद रफी, शैलेन्द्र, येसुदास, महेन्द्र कपूर र उदित नारायणलगायत कयौँ प्रख्यात गायकहरूसँग गीत गाइन् ।
हिन्दीका साथै उनले बंगाली, उडिया, गुजराती र मराठी गीतहरूमा पनि आफ्नो आवाज दिएकी थिइन् । सुलक्षणा पण्डितको अन्तिम संस्कार शुक्रबार दिउँसो १२ बजे मुम्बईमा गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण