बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

पत्रकारितालाई ‘भ्युज’ र ‘मोनेटाइजेसन’ उन्मुख बनाइयाे : अध्यक्ष डिसी

शुक्रबार, २१ कात्तिक २०८२, २० : ११
शुक्रबार, २१ कात्तिक २०८२

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रविधिको विकाससँगै वर्तमानमा पत्रकारिता व्यक्तिगत हुँदै गएको बताएका छन् ।

चलचित्र पत्रकार सङ्घले शुक्रबार चलचित्र विकास बोर्डमा आयोजना गरेको ‘चलचित्र पत्रकारितामा पत्रकारको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पत्रकारितालाई ‘भ्युज’ र ‘मोनेटाइजेसन’ उन्मुख बनाइएको बताए । 

‘आजकल ‘न्युज बेच्ने’ र ‘न्युज बनाउने’ चलन बढेको छ’, डिसीले भने, ‘सानातिना कुरालाई सेन्सेसनलाइज गरेर, एक लाइनको कुरालाई बढाएर वा शब्दहरूलाई फरक प्रकारले प्रयोग गरेर समाचार बनाउने गरिछ ।’ पत्रकारिताको वास्तविक मर्म ‘के भनियो’ भन्दा पनि ‘के गरियो’ मा आधारित हुनुपर्नेमा उनले जोड दिए । 

उनले कपि–पेस्ट संस्कृति, एउटै समाचार वा फोटोलाई फरक शीर्षक दिएर अनेकौँ अनलाइनमा राख्ने प्रवृत्तिले पत्रकारिताले विश्वसनीयता गुम्दै गएको बताए । यसबाट ‘सही पत्रकारको खोजी’ आजको प्रमुख आवश्यकता रहेको उनको तर्क थियो । पत्रकारले केवल ‘खुसी पार्ने’ वा ’रिसाउने’ डर नराखी सत्य र रचनात्मक आलोचनासहितको रिपोर्टिङ गर्नुपर्ने डिसीले बताए ।

त्यस्तै कार्यक्रममा आफ्नो अनुभव साट्दै कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विगतको पत्रकारिता र वर्तमानको भिन्नतामाथि प्रकाश पारे । 

उनले आफूले पत्रकारितामा प्रवेश गर्दा हातले लेखेर कम्प्युटरमा टाइप गर्ने र प्रुफ हेर्ने जस्ता प्रक्रियाहरूबाट गुज्रिएको स्मरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप