बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

डाक्टरको उपाधि दुरुपयोग गर्दै उपचार गर्ने महिला पक्राउ

बुधबार, १० असार २०८३, १९ : ०९
बुधबार, १० असार २०८३

सारांश

  • चिकित्सकको उपाधि दुरुपयोग गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई बिरामीको उपचार गर्ने एक महिला पक्राउ परेकी छन्।
  • काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन ए.एम. (पौडेल) गैरकानूनी रूपमा आधुनिक चिकित्सा अभ्यासमा संलग्न रहेको भेटिएपछि पक्राउ गरिएको हो।
  • पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरी बिरामीको निदान तथा उपचार गरेको र औषधि सिफारिससमेत गरेको पाइएको छ।

काठमाडौँ । चिकित्सकको उपाधि दुरुपयोग गर्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन ए.एम. (पौडेल) गैरकानूनी रूपमा आधुनिक चिकित्सा अभ्यासमा संलग्न रहेको भेटिएपछि पक्राउ गरिएको ब्यूराका सूचना अधिकारी अनुपम शमशेर जबराले बताए । 

नेपाल मेडिकल काउन्सिलले गरेको छानबिनमा पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरेको, नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र  नलिई बिरामीको निदान तथा उपचार गरेको र बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत जारी गरेको पाइएको जनाएको छ।

काउन्सिलको छानबिन प्रतिवेदनसहितको उजुरीका आधारमा सीआईबीले प्रारम्भिक अनुसन्धान थालेको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो।

पक्राउ परेकी पौडेलविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’ मा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप