बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागलुङको च्वावीरमा पिकअप जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

शुक्रबार, २१ कात्तिक २०८२, २३ : ४४
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन्।
  • दुर्घटना बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप ढोरपाटन नगरपालिकाको सिमाना च्वावीरमा भएको हो।
  • घाइतेहरूको स्थानीय र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएको थियो।

बागलुङ । बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा ढोरपाटन –७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । चारै जना घाइते पहिचान नभएको बताइएको छ । 

जीप सडकबाट भूजीखोलामा खसेको उपप्रमुख कायतको भनाइ छ । घाइतेको स्थानीय र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएको थिए ।

उनले भने, “ढोरपाटन जाँदै गरेको पिकअप रहेछ, अचनाक दुर्घटना भएपछि स्थानीयले खबर गरे, अहिले म घटनास्थलमै छु, एक जनालाई गाडीले च्यापेको अवस्थामा निकाल्यौँ, एक जना बाहेक अन्यको अवस्था सामान्य छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप