सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

शनिबार, २२ कात्तिक २०८२, ०४ : ५४
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक २२ गते शनिबारको विवरण प्रस्तुत गरिएको छ।
  • मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु र मकर राशिका व्यक्तिहरूका लागि आजको दिन राम्रो रहनेछ।
  • मिथुन, तुला, कुम्भ र मीन राशिका व्यक्तिहरूका लागि भने समय केही प्रतिकुल रहने देखिन्छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक २२ गते । शनिबार । इस्वी सन् २०२५ नोभेम्बर ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–तृतीया, १४ घडी ४१ पला, दिउसो १२ बजेर १३ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–मृगशिरा, ५३ घडी ५८ पला, रातको ३ बजेर ५५ मिनेट उप्रान्त आद्र्रा । योग– शिब, ४६ घडी १ पला, रातको १२ बजेर ४४ मिनेट उप्रान्त सिद्ध । करण–भद्रा, दिउसो १२ बजेर १३ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–वृष, बेलुकी ४ बजेर ४० मिनेट उप्रान्त मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १३ मिनेट । दिनमान २७ घडी १३ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर २० मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर २१ मिनेटदेखि बिहान ७ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
  • बिहान ७ बजेर ४३ मिनेटदेखि बिहान ९ बजेर ३ मिनेटसम्म रोग बेला ।
  • बिहान ९ बजेर ४ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म चर बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म  लाभ बेला ।
  • दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर ३० मिनेटसम्म अमृत बेला ।
  • दिउसो २ बजेर ३१ मिनेटदेखि बेलुकी ३ बजेर ५२ मिनेटसम्म काल बेला ।
  • दिउसो ३ बजेर ५३ मिनेटदेखि बेलुकी ६ बजेर ५२ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ९ बजेर ३ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ४३ मिनेटदेखि बिहान ५ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बन्नेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । साँझपख शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । घुमघाम तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । साँझपख होटेल तथा रेष्टुराको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । साँझपख व्यापार, अध्ययन तथा यात्राको लागी समय राम्रो रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । साँझपख शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा राजनीतिमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ । पढाइ लेखाइमा विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । साँझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि थाती रहेको काम बन्नेछ । विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरू दिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । साँझपख अध्ययनबाट सकारात्मक सोचको विकाश हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । समयको सदुपयोग गर्दै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । साँझपख समय मध्यम रहेकोले आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप