आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चीनले हटायो कारमा प्रयोग हुने चिप्समाथिको निर्यात नियन्त्रण

सोमबार, २४ कात्तिक २०८२, १० : ३५
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • चीनले कार बनाउन प्रयोग हुने चिप्समाथिको निर्यात नियन्त्रण हटाएको छ ।
  • यस निर्णयले चिनियाँ कम्पनी नेक्सेरियालाई चिप निर्यात गर्न छुट दिएको छ ।
  • चीन र अमेरिकाबीचको व्यापार तनाव कम हुने संकेत देखिएको छ ।

बेइजिङ । चीनले कार बनाउन प्रयोग हुने कम्प्युटर चिप्समाथिको निर्यात नियन्त्रण हटाएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले यो जानकारी दिएको हो । 

यसले चिनियाँ स्वामित्वमा रहेको कम्पनी नेक्सेरियालाई नागरिक प्रयोगको लागि चिप निर्यात गर्न छुट दिएको छ । चीनले चिपको निर्यात कसिलो बनाएपछि युरोपमा आफ्नो उत्पादन प्रभावित हुने हो कि भनेर डराएका कार निर्माताहरूलाई चीन सरकारको पछिल्लो निर्णयले मद्दत गर्ने देखिएको छ । 

यसको साथै चीनले चिपका लागि महत्त्वपूर्ण केही सामग्री अमेरिकामा निर्यात गर्न लगाइएको प्रतिबन्ध पनि हटाएको छ । यो घोषणाले चीन र अमेरिकाबिचको व्यापार तनाव कम हुने संकेत गरेको छ ।

 चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काका देशहरूमा लगाइएका करहरू घटाउन सहमत भएको केही दिनपछि यो निर्णय आएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप