मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२० दिनभित्र 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति

मङ्गलबार, २५ कात्तिक २०८२, १६ : १०
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबहरूबिच आगामी १२० दिनभित्र लिग फुटबल आयोजना गर्ने सहमति भएको छ । 

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग मंगलबार भएको छलफलमा एन्फा पदाधिकारी र 'ए' डिभिजन लिग क्लबका प्रतिनिधिबिच उक्त सहमति जुटेको हो । सहमतिअनुसार एन्फा र क्लबहरूले अबको १२० दिनभित्र लिगका लागि आवश्यक तयारी गर्नेछन् ।

यदि क्लबहरूले चाहेमा तोकिएको समयभन्दा अगावै पनि लिग आयोजना गर्न आफू तयार रहेको एन्फाले जनाएको छ ।

यसअघि फुटबल खेलाडी संघले पनि तोकिएको मितिभित्र अनिवार्य रूपमा लिग फुटबल हुनुपर्ने अडान राख्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप