सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल

सोनापुर मिनरलले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत् लाइन जोडियो

बुधबार, २६ कात्तिक २०८२, ०८ : २४
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • दाङको घोराहीमा रहेको सोनापुर मिनरलले डेडिकेटेड लाइनको बक्यौता रकम तिरेको छ।
  • विद्युत् प्राधिकरणले लाइन विच्छेद गरेकोमा पहिलो किस्ता बुझाएपछि पुन: जडान गरेको हो।
  • सोनापुर मिनरलले २४ करोड २९ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ता तिरेको हो।

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको  छ । 

पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको विद्युत् लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप