भीम रावल नेकपामा गएपछि कर्ण थापाले भने– मन चसक्क हुँदो रहेछ !
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्ण थापाले पूर्व उपाध्यक्ष भीम रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता एमालेमा नरहेको बताएका छन् ।
बुधबार रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । रावल नवगठित पार्टीमा प्रवेश हुँदै गर्दा थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता नरहेको बताएका हुन् ।
‘सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसँग रहेन । पछिल्लो पुस्ताको ठुलो हिस्सा जोडिएको छैन, जोड्न कोही लागिपरेको पनि देखिएको छैन’, थापाले भनेका छन्, ‘बरु भइरहेकाहरूलाई खेद्न एउटा पङ्क्तिको रहस्यमय सक्रियता रहेकै छ ।’
उनले दशकौँ पार्टी काममा सहयोद्धाका रूपमा काम गरेका नेताहरू पार्टीबाट बाहिरिँदा मन चसक्क हुँदोरहेछ पनि भनेका छन् ।
‘पार्टी भित्र रहँदा मतभिन्नता र आन्तरिक संघर्ष हुन्छ । अलिअलि मन मुटाव पनि स्वाभाविकै हुन्छ’, थापाले भनेका छन्, ‘तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यवहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण