‘झलिको’मा अर्जुन र कुसुमको रोमान्स
काठमाडौँ । लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन् । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ ।
गीतमा शब्द सन्तोष सापकोटा र संगीत अर्जुन स्वयंको छ । कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो । गीतमा प्रदीप रोदनको कविता वाचन छ ।
गीतका शब्दहरूले मायाको कुरा गर्छ । प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ । गीतको भिडियोमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ । परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडियोले पस्किएको छ ।
भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायत पनि देखिएका छन् । भिडिओको निर्देशन विशालले गरेका हुन् ।
मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन, र दिन्शन शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीका चार उपमहानगरको बजेट सार्वजनिक : कसको बजेट कति ?
-
केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी
-
काममा खुसी महसुस कसरी गर्ने ?
-
'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
-
सकियो समूह चरणका दोस्रो खेलहरूः कसलाई बलियो मान्ने ?
-
आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण