सुरक्षाको कारण पाकिस्तान छोड्न खोज्ने श्रीलङ्काका खेलाडीमाथि कारबाहीको चेतावनी
सारांश
- श्रीलङ्का क्रिकेट बोर्डले पाकिस्तान भ्रमणमा रहेका खेलाडीहरूलाई घर नफर्किन निर्देशन दिएको छ।
- इस्लामाबादमा भएको आत्मघाती बम विस्फोटपछि खेलाडीहरूले सुरक्षाको चिन्ता व्यक्त गरेका थिए।
- बोर्डले सुरक्षाको आश्वासन दिँदै, निर्देशन नमान्ने खेलाडीमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । श्रीलङ्का क्रिकेट बोर्डले पाकिस्तान भ्रमणमा रहेका आफ्नो टोलीका खेलाडी र सहयोगीहरूलाई घर नफर्किन चेतावनी दिएको छ। इस्लामाबादमा मंगलबार भएको आत्मघाती बम विस्फोटपछि खेलाडीहरूले सुरक्षाको डर व्यक्त गर्दै श्रीलङ्का फर्कन माग गरेका थिए।
तर बोर्डले सबैलाई सुरक्षित रहेको आश्वासन दिँदै भ्रमण जारी राख्न आदेश दिएको छ। बोर्डले भनेको छ,“यदि कोही खेलाडी वा टोली सदस्य निर्देशन नमानेर फर्किन्छ भने, त्यसको औपचारिक समीक्षा गरी आवश्यक कदम चालिनेछ।”
बुधबार रातिसम्म श्रीलङ्का टोली, पाकिस्तान क्रिकेट बोर्ड र सुरक्षा अधिकारीबिच लामो छलफल भएको थियो। अनिश्चितताका कारण बाँकी दुई वटा एक दिवसीय खेल एक–एक दिन पछाडि सारिएका छन्। अब खेलहरू नोभेम्बर १४ र १६ मा हुनेछन्।
श्रीलङ्काले तीन खेलमध्ये केवल एउटा मात्रै खेलेको छ। त्यसपछि टोलीले पाकिस्तानमै हुने टी–२० त्रिकोणात्मक सिरिज (जिम्बाब्वेसँग) पनि खेल्नुपर्नेछ।
श्रीलङ्का बोर्डले खेलाडीहरूको सुरक्षाका लागि पाकिस्तान क्रिकेट बोर्ड र सम्बन्धित निकायहरूसँग मिलेर सबै व्यवस्था गरेको बताएको छ।
पाकिस्तानका गृहमन्त्री समेत रहेका पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष मोहेसिन नकवीले श्रीलङ्का खेलाडीहरूसँग भेट गरी उनीहरूलाई सुरक्षा सम्बन्धी आश्वासन दिने तयारी गरेका छन्। उनले यसअघि पाकिस्तानस्थित श्रीलङ्काका राजदूतसँग भेट गरी सुरक्षा व्यवस्थाबारे जानकारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण