बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

‘जारी २’को नयाँ गीत ‘युमा हजुरी’ सार्वजनिक

बिहीबार, २७ कात्तिक २०८२, २० : ४८
बिहीबार, २७ कात्तिक २०८२

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सार्वजनिक गरेको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको सङ्गीत कम्पोज तथा हर्क साउदको शब्द छ । गीतमा संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ ।

फिल्मले बक्सअफिसमा कति व्यापार गर्‍यो अहिले  सार्वजनिक भएको छैन  । गत मङ्गलबारबाट यो फिल्मको निर्माण टिमले ‘डिरेक्टर्स कट’ प्रदर्शनमा ल्याएको छ ।

फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दर्शक तथा समीक्षकको सल्लाह अनुसार नै ‘डिरेक्टर्स कट’ पुनः सेन्सर गरेर प्रदर्शनमा ल्याएका हुन् । निर्देशक सुब्बा र अभिनेत्री मिरुना मगर बुधबार मात्रै पूर्वी नेपालका दर्शक साक्षात्कार सकेर काठमाडौँ फर्केका थिए ।

पूर्वी नेपालमा दर्शक साक्षात्कारमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको अभिनेत्री मगरको भनाई छ । लिम्बु समुदायको कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको मुख्य भूमिका छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप