एन्फा प्रेसिडेन्ट लिग : लालीगुराँस र चित्लाङ फाइनलमा
कास्की । कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौँको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौँडाको गौरीटार रङ्गशालामा भएको सेमिफाइनल खेलमा जीत निकाल्दै दुवै टोली फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनल खेलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २–० गोलले हरायो । लालीगुराँसका लागि मुकुन्द कुमार निउरले २० औँ र राम थापाले ९२ औँ मिनेटमा गोल गरे । प्लेयर अफ दि म्याच निउर घोषित भए ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा चित्लाङले बाराको नवजागृतीलाई सडनडेथमा ९–८ गोलले हरायो । निर्धारित खेल समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरीपछि खेलको नतिजा सडनडेथबाट लिएको हो । प्लेयर अफ दि म्याच चित्लाङका गोलरक्षक विशाल केसी घोषित भए । उनले दुई प्रहार रोके ।
यसअघि सेमिफाइनल प्रवेश गरेको ४ वटै टिम राष्ट्रिय लिगको लागि छनौट भइसकेको छ । लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङबिच मंसिर २ गते मंगलबार प्रतिस्पर्धा हुनेछ । विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण