बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

‘झरिपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ सार्वजनिक

सोमबार, ०१ मङ्सिर २०८२, ०१ : १७
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • फिल्म 'झरिपछिको इन्द्रेणी'को 'फसायो लमीले' बोलको गीत सार्वजनिक गरिएको छ।
  • गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामा लगायतका कलाकारको अभिनय रहेको छ।
  • सिनेमा 'झरिपछिको इन्द्रेणी' पुस ४ मा रिलिज हुने तयारीमा छ, र यसको पहिलो गीत बालेन शाहको यूट्युबबाट सार्वजनिक भयो।

काठमाडौँ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक गरिएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् । िअधिकारी र लामाको गीतमा अतिथी भूमिकामा रहेका छन् । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्। 

मौसम हिमालीको नृत्य निर्देशन रहेको फिल्मको छायांकार बुद्ध थापा हुन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो। गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय छ।

यही फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दै छन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय छ । निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ। सिनेमा झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने तयारीमा छ । फिल्मले आफ्नो पहिलो गीत काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप