टिकट नभएकाहरूलाई त्रिवि क्रिकेट मैदानमा नजान प्रहरीको आग्रह
सोमबार, ०१ मङ्सिर २०८२, १० : ५६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलको टिकट बिक्री भैसकेको हुनाले टिकट नभएकाहरूलाई मैदानमा नजान प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरिपरि भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’
त्रिवि क्रिकेट मैदानमा सोमबार अपराह्न ४ बजेबाट उद्घाटन खेलमा सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । प्रतियोगिता मङ्सिर २७ सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण