‘द ब्लू लाइट’ पुसमा प्रदर्शन हुने
सारांश
- चलचित्र 'द ब्लू लाइट' को पोस्टर सार्वजनिक भयो, जसमा मुख्य कलाकारहरू देखिएका छन्।
- पोस्टरमा कलाकारहरू निराश देखिएका छन्, महेशको हातमा बन्चरो छ।
- 'द ब्लू लाइट' पुस १० गते रिलिज हुनेछ, बलिराम चौहानको निर्देशन रहेको छ।
काठमाडौँ । चलचित्र ‘द ब्लू लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई देख्न सकिन्छ ।
सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बन्चरो छ । अरूको हात रित्तो छ ।
पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्लू लाइट’ पुस १० गतेबाट रिलिजमा आउँदै छ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्दैछ । ‘द ब्लू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण