बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मङ्सिर ४ गतेको बार, तिथि, नक्षत्र, योग, र चन्द्रमाको स्थितिको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मको राशिफलमा विभिन्न राशिका व्यक्तिहरूको लागि दिन कस्तो रहनेछ भन्ने बारेमा जानकारी दिइएको छ।
- लेखमा शुभ बेला, राहुकाल, र ब्रह्म मुहूर्तको समय उल्लेख गरिएको छ, र यात्रा तथा शुभ कार्यका लागि सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मङ्सिर ४ गते । बिहीबार । इस्वी सन् २०२५ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि– औँसी, ११ घडी ३६ पला, बिहान ११ बजेर ८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–विशाखा, ११ घडी ७ पला, बिहान १० बजेर ५६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन, १० घडी ४२ पला, बिहान १० बजेर ४६ मिनेट उप्रान्त अतिगण्ड । करण–नाग, बिहान ११ बजेर ८ मिनेट उप्रान्त किंस्तुध्न, रातको १२ बजेर १३ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–वृश्चिक ।
काठमाडौमा सूर्योदय बिहान ६ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २६ घडी ३६ पला ।
दिन बिशेषः बाल दिवस । स्नान गर्ने औँसी ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३० मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ४९ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर ५० मिनेटदेखि बिहान ९ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर १० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
- बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म अमृत बेला ।
- दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म काल बेला ।
- दिउसो २ बजेर २९ मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
- दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर ८ मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५२ मिनेटदेखि बिहान ५ बजेर ४० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घटना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । तर पनि छोटो दुरीको यात्राको योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने वा चासो राख्नेहरूका लागी समय उत्तम रहेको छ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईँको भनाई तथा रायलाई स्विकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णय तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँकै प्रशंसा गर्दै हिँड्नेछन् । खेलकुद, धर्म तथा यात्रामा केही समय व्यातित हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो क्षमता प्रदान गर्न नसक्दा अरूभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि यात्रा, मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । माया प्रेममा आफ्नो मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ । तर पनि सवारी साधनको खरिद बिक्रीबाट धन आर्जन गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईँको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरे पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा असन्तुष्टि बढ्नेछ । तर पनि व्यापार तथा शेयर बजारबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाेजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इमानदार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय फलदायी रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरूले फसाउन सक्छन् । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले विलम्ब हुन सक्छ । तर पनि व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागी उत्तम रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययन वा कामलाई सहज बनाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । सामाजिक संघ संस्था तथा प्रतिष्ठानबाट सम्मान पाइने समय रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण