शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुरक्षाकर्मी माथिको हमला बन्द गरौँ : योगेश भट्टराई

बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ५२
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • एमाले सचिव योगेश भट्टराईले सुरक्षाकर्मीमाथिको हमला बन्द गर्न आग्रह गरेका छन्।
  • उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन्।
  • बाराको सिमरामा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुरक्षाकर्मी माथिको हमला बन्द गर्न आग्रह गरेका छन् । सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार साँझ यस्तो बताएका हुन् ।

‘सार्वजनिक तथा निजी सम्पत्ति र नागरिकको सुरक्षाका लागि भात÷पानी नभनी खटेका सुरक्षाकर्मीमाथिको हमला बन्द गरौँ’, भट्टराईले भनेका छन्– ‘संविधानतः विरोध गर्न पाउने अधिकारलाई शान्तिपूर्ण रूपमा प्रयोग गरौँ । आपसमा संवाद गरौँ । एक अर्कालाई सम्मान गरौँ ।’

बाराको सिमरामा बुधबारदेखि तनाव हुने क्रममा सुरक्षाकर्मीमाथि समेत आक्रमण भएपछि भट्टराईले यस्तो बताएका हुन् । 

yoges

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप