एमाले–कांगेसको गठबन्धन हराउँदै स्वतन्त्र उम्मेदवार भुसाल विजयी
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको साना सहरी खानेपानी सरसफाइ आयोजनामा नेकपा एमाले र नेपाली कांगेसको गठबन्धन पराजित भएको छ ।
बिहीबार भएको निर्वाचनमा एमाले–कांग्रेसको गठबन्धनका साझा उम्मेदवार युवराज खत्रीलाई हराउँदै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका हुन् । भुसाललाई रास्वपाको समर्थनसमेत थियो ।
केही बेरअघि सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार भुसालले ५६३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमाले-कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका खत्रीले भने ४४३ मत मात्र पाए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पनि स्वतन्त्र समूहबाट उम्मेदवार बनेका वेदराज घिमिरेले बाजी मारे ।
उपाध्यक्ष र सचिवमा भने गठबन्धनका उम्मेदवार विजयी भए । भेषबहादुर क्षेत्री उपाध्यमा विजयी भए भने गोपाल पौडेल सचिवमा । तर कोषाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार सरिता महत क्षेत्री विजयी भइन् । सहसचिवमा कल्पना पोख्रेल (गठबन्धन) विजयी भइन् ।
यसअघि कांग्रेस जिल्ला कार्य समितिले गठबन्धनका उम्मेदकारलाई मत हाल्न ह्वीप जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण