सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

शुक्रबार, ०५ मङ्सिर २०८२, ०४ : ५७
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मङ्सिर ५ गते शुक्रबारको तिथि, नक्षत्र, योग, र अन्य विवरणहरू प्रस्तुत गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल र दैनिक बारबेलाको जानकारी दिइएको छ।
  • शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समयलाई ध्यान दिन र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल मङ्सिर ५ गते । शुक्रबार । ईश्वी सन् २०२५ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–प्रतिपदा, १६  घडी ५९ पला, दिउसो १ बजेर १८ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अनुराधा, १७ घडी ३८ पला, दिउसो १ बजेर ३३ मिनेट उप्रान्त ज्येष्ठा । योग–अतिगण्ड, १२ घडी १ पला, बिहान ११ बजेर १९ मिनेट उप्रान्त सुकर्मा । करण–बव, दिउसो १ बजेर १८ मिनेट उप्रान्त बालव, रातको २ बजेर २० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–वृश्चिक ।

काठमाडौमा सूर्योदय बिहान ६ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २६ घडी ३४ पला ।

दिन बिशेषः चन्द्रोदय । बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला प्रारम्भ। टेलिभिजन दिवस ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ३० मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ५० मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर ५१ मिनेटदेखि बिहान ९ बजेर १० मिनेटसम्म  अमृत बेला ।
  • बिहान ९ बजेर ११ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर ३० मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
  • बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म रोग बेला ।
  • दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो २ बजेर २९ मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म चर बेला ।
  • दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २९ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ५२ मिनेटदेखि बिहान ५ बजेर ४० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । तर पनि खेलकुद तथा पराक्रमी क्रियाकलापबाट सन्तुष्ट हुने समय रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । खेलकुदसँग सम्बन्धित गतिविधिमा रुचि बढ्ने तथा खेल क्षेत्रबाट सकारात्मक ऊर्जा तथा प्रेरणा प्राप्त हुनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । खेलकुदसँग सम्बन्धित विभिन्न गतिविधि प्रति आकर्षण बढ्दै जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शरीर अस्वस्थ हुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुने भए पनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तर पनि ऊर्जा तथा खेलसँग सम्बन्धित क्षेत्रमा समय खर्चँदा लाभ मिल्नेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । खेलकुद तथा पराक्रमी क्रियाकलाप सहभागी हुन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान पाइने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केहि समय कुर्नु पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । होटल तथा रेष्टुरेन्टको व्यवसायबाट भनेजस्तो आम्दानी भए पनि अन्य व्यवसायमा मन्दी आउनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यापारमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । खेलकुद तथा साहसी काममा मन जानेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ । साहसी काम तथा खेल क्षेत्रमा चासो बढ्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय वा उद्योगबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा खेल क्षेत्रमा हुने प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम सम्पादन नहुँदा निराशा छाउनेछ । बन्द व्यापारमा मन्दी आउने तथा आर्थिक सङ्कटको सामान गर्नु पर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्न । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिससँग मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि अध्ययन वा खेलकुदमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अग्र स्थानमा आउन सकिनेछ ।

 तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप