भारतलाई विद्युत बेच्न अन्तरदेशीय प्रसारण लाइनमा नेपालले ३ अर्ब रुपैयाँ लगानी गर्दै
सारांश
- नेपाल सरकारले भारतमा ४०० केभीका दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन ३ अर्ब लगानी गर्ने निर्णय गरेको छ।
- नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिडको संयुक्त कम्पनीमा लगानी गरिनेछ, जसले विद्युत व्यापारलाई बढावा दिनेछ।
- यी प्रसारण लाइनहरूले नेपालबाट भारततर्फको बिजुली निर्यात क्षमता बढाउनेछन् र ऊर्जा सहकार्यलाई बलियो बनाउनेछ।
काठमाडौं । नेपाल सरकारले दुई ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइनहरू निर्माण गर्नका लागि भारतमा संयुक्त कम्पनी स्थापना गरी कुल ३ अर्ब रुपैयाँ बराबरको स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ।
प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रूपैयाँ लगानी गर्ने भएको छ ।
यो निर्णयले नेपाल र भारतबीचको विद्युत व्यापारलाई थप सहज बनाउन दुई नयाँ ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खोलेको छ। यो निर्णय नेपाल सरकारको मन्त्रिपरिषद्बाट कार्तिक १ गते गरिएको र सोही अनुसार राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।
यी दुई नयाँ अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माणले नेपालबाट भारततर्फ हुने बिजुली निर्यातलाई थप क्षमता प्रदान गर्ने र दुई देशबीचको ऊर्जा सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा दुई अर्ब रूपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ ।
इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तरदेशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् ।
नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण