शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मङ्सिर ६ गतेको बार, तिथि, नक्षत्र, योग, र करणसम्बन्धी जानकारी दिइएको छ।
- काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय तथा दिनमानको जानकारी समावेश छ।
- शुभ कार्यका लागि उपयुक्त समय र राहुकालको समयबारे जानकारी प्रदान गरिएको छ, साथै राशिफल पनि समावेश छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मङ्सिर ६ गते । शनिबार । ईश्वी सन् २०२५ नोभेम्बर २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–द्वितीया, २२ घडी ० पला, दिउसो ३ बजेर १९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–ज्येष्ठा, २३ घडी ४८ पला, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त मूल । योग–सुकर्मा, १३ घडी ९ पला, बिहान ११ बजेर ४७ मिनेट उप्रान्त धृती । करण–कौलव, दिउसो ३ बजेर १९ मिनेट उप्रान्त तैतिल, रातको ४ बजेर १४ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–वृश्चिक, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त धनु ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २६ घडी ३१ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३१ मिनेटसम्म काल बेला ।
- बिहान ६ बजेर ३२ मिनेटदेखि बिहान ७ बजेर ५१ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर ५२ मिनेटदेखि बिहान ९ बजेर १० मिनेटसम्म रोग बेला ।
- बिहान ९ बजेर ११ मिनेटदेखि बिहान १० बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर ३१ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म चर बेला ।
- बिहान ११ बजेर ५० मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म लाभ बेला ।
- दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म अमृत बेला ।
- दिउसो २ बजेर २९ मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म काल बेला ।
- दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ९ बजेर १० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५३ मिनेटदेखि बिहान ५ बजेर ४१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागी कुनै योजना नबनाउनु नै उचित हुनेछ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । साँझपख समय राम्रो रहेकोले छोटो दुरीको यात्राको योग रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । खेलकुदसँग सम्बन्धित विभिन्न गतिविधि प्रति आकर्षण बढ्दै जानेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेषक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । साँझपख अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय तथा प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । प्रेममा अविश्वास सिर्जना हुनेछ । तर पनि वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देख्न पाइनेछ । पराक्रमी क्रियाकलाप सकारात्मक नतिजा हात पार्न सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । खानपान, यात्रा तथा आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । वैदेशिक रोजगारीले जीवन स्तर सुधार्न मद्दत गर्नेछ । खेलकुद तथा बाहिरी क्रियाकलापमा मन जानेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम गर्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । खेलकुद तथा सामाजिक क्षेत्रमा चासो बढ्नेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई तपाईँको साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नैहरूले रुपैयाँ पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । साँझबाट यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । अध्ययन वा खेलकुदमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अग्र स्थानमा आउन सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ । यात्रा, खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । समयमा कामहरू फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खेलकुद तथा साहसी काममा चासो बढ्नेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ । खेलकुद तथा यात्रामा समय खर्च हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण