राजनीति
टुक्रियो जसपा, राजेन्द्र श्रेष्ठसहितका ६ नेताद्वारा नेकपासँग एकता गर्ने घोषणा
आइतबार, ०७ मङ्सिर २०८२, १७ : ००
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल टुक्रिएको छ । संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसहितका ६ नेताले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण गर्ने घोषणा गरेका छन् ।
श्रेष्ठसहित उपाध्यक्ष रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, विज्ञ परिषद्का अध्यक्ष डा पुष्पराज राजकर्णिकार र अनुशासन आयोगका अध्यक्ष कृष्ण बहादुर घजुले पार्टीको पदीय जिम्मेवारीबाट अलग हुँदै नेकपामा एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने घोषणा गरेका हुन् ।
श्रेष्ठसहितका नेताले यसबारे अध्यक्ष अशोक राईलाई जानकारी समेत गराइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेदेखि मन्त्री र सांसदको गाडीमा कालो सिसा (तस्बिरहरू)
-
झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
-
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण