आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा तोक्यो चुनावी कमाण्डर

सोमबार, ०८ मङ्सिर २०८२, १० : १२
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • आम जनता पार्टी (आजपा) ले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ।
  • आजपाले आगामी निर्वाचनमा भाग लिने तयारीका साथै संघर्ष र आन्दोलनका कार्यक्रमहरू पनि जारी राख्ने बताएको छ।
  • पार्टीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न निर्वाचन क्षेत्रमा इन्चार्ज र संयोजक तोकेको छ।

काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेको आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्दै निर्वाचनको आन्तरिक तयारीमा होमिएको छ । 

काठमाडौं उपत्यका विशेष कमिटीको बसेको सचिवालय बैठकले काठमाडौं, ललितपुर र भक्तपुरको १५ वटै निर्वाचन क्षेत्रमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोक्दै निर्वाचनको तयारीमा जुटेको छ । आजपाको प्रतिनिधि सभाको निर्वाचनमा सहभागिताका लागि दल दर्ता गराइसकेको छ ।  

आजपाद्धारा घोषित संघर्ष एवं आन्दोलनका कार्यक्रम सहित निर्वाचनमा पनि सहभागि हुने आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बताए ।  निर्वाचनबाट पछाडि हटनुपर्ने कुनै कारण नभएको बताउँदै उनले निर्वाचनमा सहभागि भएर ताजा जनादेश सहित राजनीतिक दलहरु अगाडी बढनुपर्ने उनले बताए । 

आजपा प्रवक्ता एवं उपत्यका विशेष कमिटीका इन्चार्ज चन्द्रभुषण साहले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवारी उठाउने बताए । बैठकले त्यसको आन्तरिक तयारीका लागि कमाण्डर तोकिएको उनले जनाएका छन् ।  

काठमाडौं क्षेत्र नं. १ को इन्चार्जमा अमर लिम्बु, संयोजकमा रामनारायण शाह, क्षेत्र नं. २ मा इन्चार्ज कालबहादुर विक, संयोजकमा एमडी सत्तार, क्षेत्र नं. ३ मा इन्चार्ज वीरवल यादव, संयोजकमा उमेश शाह, क्षेत्र नं. ४ मा इन्चार्ज मिना देवी, संयोजकमा कृष्ण यादव, क्षेत्र नं. ५ मा इन्चार्ज सरोज श्रेष्ठ, संयोजकमा जोगेन्द्र यादव, क्षेत्र नं. ६ मा इन्चार्ज सुभाष साह र संयोजकमा कोशिला साह रहेका छन् । 

यसैगरी, काठमाडौं क्षेत्र नं. ७ इन्चार्ज उदयचन्द्र प्रसाद, संयोजकमा श्रीकिशुन बैठा, क्षेत्र नं. ८ मा इन्चार्ज अनु कुमारी, संयोजकमा सनत भट्टराई, निर्वाचन क्षेत्र नं. ९ मा इन्चार्ज रामेश्वर उपाध्याय, संयोजकमा काइला महर्जन र क्षेत्र नं. १० मा इन्चार्ज रविन्द्र सिंह तथा संयोजकमा रविन्द्र उपाध्यायलाई जिम्मेवारी तोकिएको प्रवक्ता साहले जनाएका छन् ।। 

यस्तै, ललितपुर क्षेत्र नं. १ मा इन्चार्ज सिमा जयसवाल, संयोजकमा उपेन्द्र रौनियार, क्षेत्र नं. २ मा इन्चार्ज उपेन्द्र साह, संयोजक इन्दल साह, क्षेत्र नं. ३ मा इन्चार्ज देवेन्द्र ठाकुर र संयोजकमा प्रदिप विक्रम शाह रहेका छन् । यसैगरी भक्तपुर क्षेत्र नं. १ मा इन्चार्ज लखिन्दर साह, संयोजकमा नरेश खड्की र क्षेत्र नं. २ मा इन्चार्ज देवकुमारी साह, संयोजकमा सुमि धिमाललाई बैठकले जिम्मेवारी तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप