लागूऔषधसहित काठमाडौँबाट दुईजना पक्राउ
सोमबार, ०८ मङ्सिर २०८२, १७ : ३७
सारांश
- प्रहरीले काठमाडौँको केशरमहल चोकबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दोलखाका दुई युवक छन्, प्रहरीले मोटरसाइकलबाट लागूऔषध बरामद गर्यो।
- प्रहरीले डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरी अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ केशरमहल चोकबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय प्रकाश श्रेष्ठ तथा दोलखा घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने २८ वर्षीय देबेन्द्र लामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, “प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।”
पक्राउ परेकाहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण