सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०४ : ५६
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मंसिर ९ गते मंगलबारको विवरण प्रस्तुत गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा ग्रहको स्थिति र दैनिक जीवनमा पर्ने प्रभावको चर्चा छ।
  • लेखमा विभिन्न बार बेला, राहुकाल र ब्रहा मुहुर्तको समय तालिका दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल मंसिर ९ गते । मंगलबार । ईश्वी सन् २०२५ नोभेम्बर २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–पंचमी, ३१  घडी ४७ पला, बेलुकी ७ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तराषाढा, ३७ घडी १३ पला, बेलुकी ९ बजेर २७ मिनेट उप्रान्त श्रवण । योग–गंड, १२ घडी ४१ पला, बिहान ११ बजेर ३८ मिनेट उप्रान्त वृद्धि । करण– बव, बिहान ६ बजेर ४४ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी २३ पला ।

दिन विषेशः जनकपुरमा राम–जानकी विवाह पञ्चमी मेला। आबाल ब्रह्मचारी षडानन्द जयन्ती।

आजको बार बेला ।

  • बिहान ६ बजेर ३३ मिनेटसम्म रोग बेला ।
  • बिहान ६ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ७ बजेर ५४ मिनेटदेखि बिहान ९ बजेर १२ मिनेटसम्म चर बेला ।
  • बिहान ९ बजेर १३ मिनेटदेखि बिहान १० बजेर ३१ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर ३२ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म अमृत बेला ।
  • बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर ९ मिनेटसम्म काल बेला ।
  • दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म शुभ बेला ।
  • दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म रोग बेला ।
  • दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म काल  बेला ।

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो २ बजेर २८ मिनेटदेखि दिउसो ३ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट:  राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त

बिहान ४ बजेर ५५ मिनेटदेखि बिहान ५ बजेर ४३ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ  । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटनाहरू हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । तर पनि वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । अध्ययन तथा खेलकुदमा मन जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बुद्धिको प्रयोग गरी अरूलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाइने तथा उनीहरूको प्रगतिमा मन रमाउनेछ । मनमुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुँदा मन खुसी हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा अनलाइन व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नोकरी, अध्ययन तथा खेलकुदमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै जीत निकाल्न सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ  । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबिच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा सहभागी भई भरपुर मनोरञ्जन गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन र सवारी साधनको खरिद बिक्रीबाट धन आर्जन गर्ने समय रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरू सम्पादन हुँदा मन प्रसन्न रहनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप उच्च स्तरको सहभागिता रहनेछ । तर पनि आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी हुनेछ । विवादित विषय हल भएर जानेछ भने न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । खेलाडी तथा खेल क्षेत्रमा समय खर्चिनेहरूका लागी समय उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न  सकिनेछ  । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । साँझपख यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइ, खेलकुद तथा जागिरमा हुने प्रतिस्पर्धामा नतिजा हात पार्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसाय, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । तर पनि काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । खेलाडी तथा खेलकुदको क्षेत्रमा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

 तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप