सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निरजको शानदार शतकमा साउदी अरेबियाविरुद्ध नेपाल ८ विकेटले विजयी

मङ्गलबार, ०९ मङ्सिर २०८२, २१ : २१
मङ्गलबार, ०९ मङ्सिर २०८२

काठमाडाैँ । निरज कुमार यादवको शतकीय प्रदर्शनको मद्दतले नेपालले एसीसी यु–१९ मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । 

नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको हो । २१९ रनको लक्ष्य नेपालले मात्र ३० दशमलव ४ ओभरमै पूरा गर्‍यो ।

यूएईकाे अजमानमा भएको खेलमा यादवले ९० बलमा ११४ रन बनाए भने निश्चल क्षेत्रीले ७३ बलमा अविजित ६६ रनको योगदान दिए । 

त्यस्तै वान्स क्षेत्रीले ३० रन जोडे भने अविजित रहेका सिब्रिन श्रेष्ठले १ रन बनाए । 

ओडीआई फम्र्याटमा निर्धारित पूरा ओभर खेलेको साउदीले ९ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।

नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा साउदीसँगै हङकङ पनि समावेश छ । चार समूहमा विभाजन गरिएको यस प्रतियोगितामा १४ टोली सहभागी छन् । अब नेपालले पर्सि हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी १४ मध्ये शीर्ष तीन देश यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप