जानकी मन्दिरले गर्यो २१ सरसफाइकर्मीलाई सम्मान
बुधबार, १० मङ्सिर २०८२, १५ : ४४
जनकपुरधाम । विवाहपञ्चमी महोत्सवको अन्तिम दिन जनकपुरधामस्थित जानकी मन्दिरले पहिलो पटक २१ जना सरसफाइकर्मीलाई विशेष सम्मान गरेको छ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार मन्दिर प्राङ्गणमै निर्माण गरिएको विवाहमञ्चमा जनकपुरधामको सरसफाइमा अहोरात्र खटिने सरसफाइकर्मीहरूलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले यस किसिमको सम्मान कार्यक्रम हरेक वर्ष सञ्चालन गरिने बताए ।
सम्मानित सरसफाइकर्मीहरूले जीवनमै पहिलो पटक सार्वजनिक रूपमा सम्मानित हुँदा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण