९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
दाङ । इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका यहाँका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच भएको छलफलपछि उनीहरु आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका नाममा स्रेस्ता दर्ता कायम भएको कित्ता नं २६८३ को १८६२.४६ वर्गमिटर जग्गामध्ये उत्तरतर्फको दुई कट्ठा जग्गा र सो जग्गामा निर्माण भएका नौ वटा घर खाली गरिएको छ । स्थानीयका सरसामान इलाका प्रहरी कार्यालयले तोकिएकै स्थानमा सुरक्षित साथ पु-याउन थालेको छ ।
उक्त स्थानका दुई सुकुम्वासीको बासस्थानको जिम्मा तुल्सीपुर नगरपालिकाले लिएपछि धमाधम संरचना भत्काउन सुरु गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण