आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अपार्टमेन्ट भवनमा आगलागी हुँदा चार जनाको मृत्यु

बुधबार, १० मङ्सिर २०८२, १७ : ३०
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । हङकङको ताईपोमा अपार्टमेन्ट ब्लक्समा आगलागी भएको छ । बुधबार आगलागीमा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ । 

हङकङ सरकारले यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ । भवनहरूबाट आगो र धुवाँको मुस्लो निस्किरहेको दृश्यका कयौँ फुटेजहरू देखा परेका छन् ।

आगलागीलाई सबैभन्दा गम्भीर पाँचौँ स्तरमा राखिएको छ । कम्तीमा पनि १३ जना भवनहरूभित्र फसेको बताइएको छ । 

नौ जनालाई अस्पताल उपचारका लागि लगिएको छ । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगो निभाउने क्रममा ३७ वर्षीय अग्नि नियन्त्रकको मृत्यु भएको छ । भवनहरू बाहिर रहेको बाँसको मचानबाट आगो फैलिएको विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप