हङकङको आवासीय भवनमा भीषण आगलागी : एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु
काठमाडौँ । हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय भवनमा भीषण आगलागी हुँदा एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आगलागी बुधबार ‘वाङ फुक कोर्ट’ नामक हाउसिङ कम्प्लेक्समा भएको हो। आठ वटा ब्लक रहेको उक्त कम्प्लेक्समा कुल दुई हजार फ्ल्याट रहेका छन् ।
हङकङ सरकारका अनुसार वाङ फुक कोर्टमा दिउँसो करिब २ बजेर ५१ मिनेटमा आगो सल्किएको थियो। आगलागीको सूचना पाउनसाथ अग्निनियन्त्रक विभागको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा धुवाँको मुस्लो र आगोको लप्का भयानक देखिएको छ। अझै पनि आगलागी नियन्त्रण गर्न अग्नि नियन्त्रकहरू प्रयासरत छन् भने मानिसहरू त्रासमा भाग दौड गरिरहेको दृश्य देखिएको छ ।
सुरुमा ४ जनाको मृत्यु भएको बताइएकोमा हङकङका अधिकारीहरूले मृतकको सङ्ख्या बढेर १३ पुगेको पुष्टि गरेका छन् । केही बेरअघि पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगलागीमा परी २८ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण