कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ मंसिर ११ गते बिहीबारको दिनको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि राशिफल दिइएको छ, जसमा विभिन्न ग्रहहरूको प्रभावको बारेमा बताइएको छ।
- शुभ र अशुभ समय, जस्तै राहुकाल र ब्रहा मुहूर्तको जानकारी दिइएको छ, जसले दिनको योजना बनाउन मद्दत गर्दछ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर ११ गते । बिहीबार । इस्वी सन् २०२५ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–सप्तमी, ३२ घडी १२ पला, बेलुकी ७ बजेर २८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–धनिष्ठा, ४० घडी १६ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त शतभिषा । योग–ध्रुव, ७ घडी ४७ पला, बिहान ९ बजेर ४२ मिनेट उप्रान्त व्याघात । करण–गर, बिहान ७ बजेर ३६ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मकर, बिहान १० बजेर ३४ मिनेट उप्रान्त कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १९ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर ५४ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर ५४ मिनेटदेखि बिहान ९ बजेर १३ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर १३ मिनेटदेखि बिहान १० बजेर ३२ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ३२ मिनेटदेखि बिहान ११ बजेर ५१ मिनेटसम्म लाभ बेला ।
- बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर १० मिनेटसम्म अमृत बेला ।
- दिउसो १ बजेर १० मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म काल बेला ।
- दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
- दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५७ मिनेटदेखि बिहान ५ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ । पराक्रमी क्रियाकलापमा सहभागी भई खेल्ने वा हेर्ने अवसर प्राप्त हुनेछ । शेयर बजार तथा व्यापारबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
- बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । बिहानको समयमा धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइ विद्यार्थीहरूले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई नतिजा आफैतिर ल्याउन सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुनेछ । व्यापार तथा शेयर बजारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहौलमा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मावली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागी भोगविलासका सामानहरूको खरिद गर्ने समय रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । उपहारका रूपमा बिलासी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उद्योग, शेयर बजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ । पराक्रमी क्रियाकलाप सहभागी भई नतिजा हात पार्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । खेलाडी तथा खेल क्षेत्रमा मान गर्ने व्यक्तिहरूका लागी समय राम्रो रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा शेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईँको प्रस्तुति गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरू प्रभावित हुनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो हिँड्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । तर पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण