मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

शुक्रबार, १२ मङ्सिर २०८२, २० : ५०
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गर्‍यो।
  • पक्राउ पर्नेमा भारतको विहार राज्यका ५३ वर्षीय सुरेन्द्र साह छन्।
  • प्रहरीका अनुसार साहमाथि थप अनुसन्धान भइरहेको छ।

पर्सा । प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप