आज देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै
शनिबार, १३ मङ्सिर २०८२, ०७ : ३१
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले दाङको देउखुरीमा एकता सन्देश सभा आयोजना गर्दैछ।
- प्रचण्ड र माधव नेपाल लगायतका नेताहरूले सभालाई सम्बोधन गर्नेछन्।
- देशभरि विभिन्न ठाउँमा एकता सन्देश सभाहरू आयोजना हुनेछन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ।मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण