शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बाबुराम भट्टराई र जनार्दन शर्मा अभिभावक रहेको प्रलोपाद्वारा सरकारलाई ४ बुँदे ध्यानाकर्षण

शनिबार, १३ मङ्सिर २०८२, १४ : १८
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा अभिभावक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले विभिन्न ४ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवको अध्यक्षतामा काठमाडौँको तीनकुनेमा बसेको विस्तारित बैठकले ‘जेनजी विद्रोह’ को म्यान्डेट पूरा गर्नुपर्ने सहितका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकपछि अध्यक्ष सोवले शनिबार जारी गरेको विज्ञप्तिमा जेनजी विद्रोहको भावना अनुसार भ्रष्टाचारीलाई छानबिन गरी तत्काल कारबाही गर्न माग गरिएको छ ।

यसैगरी भदौ २३ र २४ गते सरकारी पक्षबाट भएको नरसंहारको छानबिन गर्न गठित आयोगले काम तीव्र पारी दोषीलाई कारबाही सिफारिस गर्नुपर्ने माग गरिएको छ । 

यसैगरी विदेशमा रहेका प्रवासी नेपालीको मतदान गर्ने अधिकार तत्काल सुनिश्चित गर्नुपर्ने  नेपालभित्रै अन्य जिल्लामा रहेका मतदाताले समेत आफ्नो मतदान केन्द्रमा नपुगी आफू रहेको स्थानबाटै मतदान गर्न मिल्ने व्यवस्था गर्नुपर्ने माग गरिएको छ । 

बैठकले जीएस गुरुङको संयोजकत्वमा ‘भ्रष्टाचार विरोधी अभियान’ देशभर सञ्चालन गर्न एक कार्यदल समेत गठन गरेको छ। कार्यदलका सदस्यहरूमा जटिल कार्की, अमित खनाल (उर्जा), सम्झना राई, ध्रुव प्रसाद काप्री, मन्जु मिक्चान र दिपक महतो रहेका छन् ।

विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा भ्रष्टाचार र विभेदविरुद्ध एकजुट हुन सम्पूर्ण प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिलाई आह्वान गरिएको छ। साथै, पार्टीले बृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि वार्ता गर्न आफूहरू खुला रहेको जनाएको छ ।

प्रलोपाले तोकिएको समयमा निर्वाचन गराउनका लागि वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप