आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

यो हप्ता यी राशिहरूलाई मिल्न सक्छ लाभ

आइतबार, १४ मङ्सिर २०८२, ०१ : ५८
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार, मेष राशिका व्यक्तिहरूले सामाजिक कार्यमा समय लगानी गर्दा फाइदा हुनेछ।
  • वृष राशिका लागि साताको अधिकांश समय राम्रो रहनेछ, भौतिक सम्पत्ति र उपहार प्राप्तिको योग छ।
  • कर्कट राशिका लागि नयाँ कामको प्रस्ताव आउने र पदोन्नतिको सम्भावना रहेको छ।

मंसिर १४ गते आइतबारदेखी मंसिर २० गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा विदेशसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खेल क्षेत्रमा चासो बढ्ने वा सहभागी हुन पाउन मन प्रसन्न हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको अधिकांश समय राम्रो रहेकोले भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बैक तथा वित्तीय क्षेत्रबाट लाभांश प्राप्त हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा समय व्यातित हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। तर पनि लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । पूजा सामाग्री तथा धार्मिक सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने अन्य क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आंशिक फाइदा हुनेछ । साताको अन्त तथा बिहीबारबाट समय मध्यम रहेकोले मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नतिको योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने समय रहेको छ । व्यापार व्यवसाय वा वित्तीय क्षेत्रमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । खेलकुदको क्षेत्रमा काम गर्ने खेलाडी तथा अन्य व्यक्तिको लागी समय उत्तम रहेको छ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ ।
  • सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको समय राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा वृद्धि हुनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रबाट बोनस तथा लाभांश प्राप्त हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । राज्य पक्षबाट पद पाइने ग्रहयोग रहेको छ भने समाजको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।  
  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको  सुरु र अन्तको समय राम्रो रहेकोले मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने शेयर बजार तथा वित्तीय क्षेत्रबाट नाफा र लाभांश प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रबाट बोनस तथा लाभांश पाइने हुनाले नाफामा बढोत्तरीको योग रहेको छ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । साताको अन्त अर्थात बिहीबारबाट समय मध्यम रहेकोले असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको समय राम्रो रहेकोले सवारी साधनको खरिद बिक्रीबाट मनग्गे लाभ लिन सकिने तथा आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि विलाशी रहनेछ ।  नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी वा लाभांश प्राप्त गर्न सकिनेछ ।  भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले दाजुभाइ तथा आफन्तको संयोगले राम्रा काम गर्न सकिनेछ । साताको अधिकांश समय यात्रा, भेटघाट, खानपान, खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले  सवारी साधन तथा घरजग्गाको कारोबार गर्नेहरूका लागी समय मध्यम रहेको छ । आफ्नो वा परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरूका लागी साता फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लागी साताको समय उत्तम रहेको छ । अधिकांश समय भेटघाट, तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई अगाडी बढाउन सकिनेछ । खेल क्षेत्रमा चासो बढ्ने वा सहभागी हुन पाउन मन प्रसन्न हुनेछ । साताको अन्त अर्थात बिहीबारबाट  समय मध्यम रहेकोले भौतिक स्रोत साधनको प्रयोग  गर्दा ध्यान दिनुहोला । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले सामाजिक काममा अधिकांश समय बित्ने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । कर्म प्राप्ति वा शैक्षिक यात्राको योग रहेको छ । विदेशी लगानीबाट सञ्चालित संस्था वा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी  गर्न सकिनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । व्यापार व्यवसाय वा वित्तीय क्षेत्रमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ ।  काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप