एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : सञ्चारमन्त्री खरेल
काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन् । आइतबार आयोजित गैर आवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन् ।
उनले एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाइ छ । उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए ।
उनले भने, ‘नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरूले कायम गर्नुभएको थियो । पछिल्ला वर्षहरुमा त्यो खस्किँदै गयो । त्यो किन खस्कियो भन्दाखेरी एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरु राजनीतिक दलका गुट र नेता भए । फलानो राजनीतिक दलका एनआरएन, फलानो राजनीतिक दलका एनआरएन भयो । तपाईंहरू चोइटिनु भयो, तपाईंहरूको गरिमा नै स्खलित हुँदै गयो । अब एउटा ठुलो अवसर आएको छ । पार्टीको एनआरएन नबनाइदिनुहोला । एनआरएनएलाई समग्र गैर आवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टी भन्दामाथि तपाईंहरु उठ्दिनुभयो भने त्यो सम्भव छ ।’
उनले गैर आवासीय नेपालीलाई मतदानको व्यवस्था, गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भीर रहेको पनि बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण