बालेनका बुबाको आजै अन्त्येष्टि गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको सोमबार अन्त्येष्टि गरिने भएको छ ।
दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखिने भएको छ ।
परिवारले शुभेच्छुक, इष्टमित्र तथा आफन्तजनलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा उपस्थित हुन अनुरोध गरेको छ । आजै हिन्दु परम्परा अनुसार उनको अन्तिम संस्कार गरिने बालेनको सचिवालयले जनाएको छ ।
बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
अस्पतालका मेडिकल डिभिजन प्रमुख डा. दिपक पौडेलद्वारा जारी विज्ञप्तिका अनुसार शाहलाई हिजो बिहान करिब १०ः१५ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिए ।
सुरुमा आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएकोमा उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण