अपडेट
बालेन शाहलाई पितृशोक*
सोमबार, १५ मङ्सिर २०८२, १२ : ३४
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको निधन भएको छ।
- बुबाको निधन सिभिल अस्पतालमा भएको हो, जहाँ उनलाई मुटुको समस्या देखिएपछि भर्ना गरिएको थियो।
- मेयर बालेनको सचिवालयका अनुसार, रामनारायण शाहको शरीरमा रगत जमेको थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।
उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई सिभिल अस्पताल पुर्याइएको थियो । उनको शरीरमा रगत जाम भएको र भेन्टिलेटरमा राखिएको थियो ।
*(तस्बिर दिवंगत रामनारायण शाहको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण