पूर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनी गर्ने २ जना पुर्पक्षका लागि जेल चलान
हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ परेका २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मकवानपुर जिल्ला अदालतले आइतबार आरोपित हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३७ वर्षीय सुरेन्द्र राना मगर र सोही ठाउँका ३६ वर्षीय सुजन अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
मकवानपुर जिल्ला अदालतको इजलास नम्बर २ की न्यायाधीश निर्मला शर्मा सुवेदीको एकल इजलासले आपराधिक उपद्रव कसुरको अनुसन्धान पश्चात् पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
अदालतको आदेश लगत्तै दुवै जनालाई कारागार कार्यालय भीमफेदी, मकवानपुर पठाइएको छ । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनको क्रममा हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित पूर्व मुख्यमन्त्री पौडेलको निजी निवासमा ढुंगामुढा, तोडफोड तथा आगजनी भएको थियो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका ४५ वर्षीय सुशील पौडेल नाममा रहेको उक्त घरमा आगजनी तथा तोडफोड भएको थियो । सुशील पूर्वमुख्यमन्त्री पौडेलका छोरा हुन् ।
सो घटनामा संलग्न रहेको भन्दै प्रहरीले राना मगर र अधिकारीलाई कात्तिक २६ मा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान पुरा गरी उनीहरू विरुद्ध ‘आपराधिक उपद्रव’ कसुरमा गत मंसिर १७ गते अदालतमा मुद्दा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण