सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रतिनिधिसभा निर्वाचन : महामन्त्री थापा रोल्पाबाट उम्मेदवार सिफारिस

मङ्गलबार, २३ मङ्सिर २०८२, १६ : ५५
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएकाे छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । 

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले महामन्त्री थापासहित ५ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । 

सभापति आचार्यले कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिए । 

जिल्ला कार्यसमितिको मङ्गलबार बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप