आज यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गले वि.सं. २०८२ साल मंसिर २४ गतेको बार, तिथि, नक्षत्र र योगसम्बन्धी जानकारी दिन्छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न अवसर र चुनौतीहरू उल्लेख छन्।
- लेखमा राहुकाल र ब्रह्म मुहूर्तको समय र शुभ कार्यका लागि उपयुक्त समयबारे जानकारी दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर २४ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–षष्ठी, ३१ घडी १९ पला, बेलुकी ७ बजेर १६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अश्लेषा, ३ घडी ५४ पला, बिहान ८ बजेर १९ मिनेट उप्रान्त मघा । योग– वैधृती, ३० घडी २० पला, बेलुकी ६ बजेर ५३ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर, बिहान ७ बजेर ३८ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर १६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट, बिहान ८ बजेर १९ मिनेट उप्रान्त सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५घडी ५६ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ४५ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ४६ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २१ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर २२ मिनेटदेखि बिहान १० बजेर ३८ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ३९ मिनेटदेखि बिहान ११ बजेर ५६ मिनेटसम्म रोग बेला ।
- बिहान ११ बजेर ५७ मिनेटदेखि दिउसो १ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो १ बजेर १५ मिनेटदेखि दिउसो २ बजेर ३२ मिनेटसम्म चर बेला ।
- दिउसो २ बजेर ३३ मिनेटदेखि बेलुकी ३ बजेर ५० मिनेटसम्म लाभ बेला ।
- दिउसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ११ बजेर ५६ मिनेटदेखि दिउसो १ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ७ मिनेटदेखि बिहान ५ बजेर ५५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तहरू टाढिनेछन् भने आमासँग टाढिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योग, वित्तीय बजार तथा व्यापारमा लगानी बढाई रुपैयाँ पैसा कमाउन सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । खेलकुद, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । शेयर बजार, खाद्यान्न, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । मध्यान्हबाट विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ । बिहानको समय राम्रो रहेकोले यात्रा उपलब्धिमूलक हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्धि काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । नोकरीमा बढुवा हुने तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । खेल क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । वित्तीय क्षेत्र तथा शेयर जारमा सुझबुझका साथ लगानी गर्नुहोला । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । बिहानको समय राम्रो रहेकोले धार्मिक यात्रा हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा ब्राण्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनेछ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय राम्रो रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी बढाउने समय रहेको छ । । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । रमाइलो यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण