क्रोएशिया बन्यो ६८ वर्ष यता विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो राष्ट्र
एजेन्सी । रसियामा भइरहेको विश्वकपमा केही आश्चर्यजनक परिणाम देखिए । यही श्रृङ्खलामा यसको फाइनल खेलमा सन् १९५० यताकै सानो राष्ट्र(कम जनसङ्ख्या भएको देश) पुगेको छ ।
क्रोएशियाको जनसङ्ख्या ४१.१ लाख रहेको छ । बुधबार यो सानो राष्ट्रले जुलाई १५ मा मस्कोको लुझ्नीकी रङ्गशालामा निर्धारित फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
बुधबार राति भएको बेलायत विरुद्धको खेलमा २–१ नजिता निकालेर उसले कयैन फुटबल ‘पावरहाउस’ले प्राप्त नगरेको विश्वकपको फाइनल खेल्ने सपना प्राप्त गरेको छ ।
सबैभन्दा कम जनसङ्ख्या भएको देश विश्वकपको फाइनलमा पुगेको इतिहास भने युरुग्वेको नाममा छ । २४ लाख जनसङ्ख्या भएको युरुग्वेले सन् १९५० को विश्वकपको फाइनल खेलेको थियो ।
त्यो वर्ष युरुग्वे फाइनल पुगेको मात्र होइन फुटबलमा अत्यधिक आसक्त रहेको देश ब्राजिललाई २–१ ले हराएर विश्वकप उपाधीनै जितेको थियो ।
युरुग्वेको यस जीत उसले उसलाई दोस्रो विश्वकप उपाधी दिलायो । उसले आफ्नो पहिलो विश्वकप उपाधी भने सन् १९३० मा आफ्नै भूमिमा भएको विश्वकप प्रतियोगितामा जितेको थियो ।
त्यसपछि तुलनात्मक थोरै जनसङ्ख्या भएका देशहरु स्वीडेन, हङ्गेरी र नेदरल्याण्ड विश्वकप फाइनलमा पुगे । तर उनीहरु सबैले फाइनलमा पराजय भोग्नु प¥यो ।
क्रोयशिया भने मस्कोमा आइतबार हुने फाइनल खेलमा यो दुभाग्र्यबाट बच्ने आसका साथ खेल्नेछ ।
क्रोयशिया फिफा वरियतामा २०औं स्थानक साथ रसियाको विश्वकप गएको थियो । तर टिममा प्रतिभाशाली मिडफिल्डरहरु रियल म्याड्रिडका लुका मोड्रिक र बार्सिलोनाका इभान ¥याकिटिकको उपस्थितिले केहीले पहिलेनै क्रेयशियालाई यस प्रतियोगिताको दौडमा कालो घोडा हुने मानेका थिए ।