बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

काठमाडौँ । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराएको छ । नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे ।
खेलको २२औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै भ्यालेन्सिया खेलमा फर्कियो । ह्युगो डुरोले २७औँ मिनेटमा गोल गरे । ३८औँ मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाउँदा पापेलुले गोल गरे र अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्युरी समयमा भ्यालेन्सिया गोलकिपर जियोर्जी मामारडासभिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दोस्रो हाफ पुरै दबाबमा पर्यो । जसको फाइदा उठाउँदै लेवान्दोस्कीले तीन गोल गरे । उनले ४९, ८२ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
जीतका बाबजुत बार्सिलोना रियल मड्रिडभन्दा ११ अंकले पछि छ । ३३ खेलबाट रियल मड्रिड ८४ अंकका साथ शीर्ष स्थानमा छ भने बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?