उपनिर्वाचनमा एमालेको ‘क्लिन स्विप’
काठमाडाैँ । वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ दुवै स्थानमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा अन्य उम्मेदवारले भने जमानत पनि जोगाउन सकेनन् ।
उता बझाङ प्रदेशसभा १ मा पनि एमालेकै उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भए । उनले कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई पराजित गरेका हुन् । अभिषेक ११ हजार ३४६ मत ल्याएर पराजित बन्दा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ३ हजार ८३१ मत पाए । यसबाहेक सो क्षेत्रमा अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।
उपनिर्वाचनमा इलाम २ मा माओवादीले एमालेलाई सघाएको थियो भने बझाङमा भने कुनै तालमेल थिएन । उपनिर्वाचनबाट बझाङमा एमालेले कांग्रेसबाट एक सिट खोस्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण