तीन पटक सांसद जितेका नेताको नाम उम्मेदवार सिफारिसमा नराखिएपछि विरोध
बुटवल । नेपाली कांग्रेस कपिलवस्तुमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर आन्तरिक विवाद बाहिर आएको छ ।
कपिलवस्तु क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वलुम्बिनी प्रदेश मन्त्री वीरेन्द्र कनौडियालाई एकल नामका रूपमा सिफारिस गरेपछि कांग्रेसभित्र विरोध भएको हो । तीन पटकसम्म निर्वाचन जितेका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहको नाम सिफारिसमा नपरेपछि कांग्रेसभित्र दुई धारको मतभेद उत्पन्न भएको छ ।
सोही विषयलाई लिएर कपिलवस्तु क्षेत्र नं ३(१) का सभापति गोविन्द खत्रीले पनि विज्ञप्ति जारी गर्दै कनौडियाको एकल नाम सिफारिस गर्ने निर्णयविरुद्ध आपत्ति जनाएका छन् ।
उनले अभिषेक शाहको नाम पनि सिफारिसमा समावेश गर्न कार्यसमितिलाई दबाब दिएका छन् ।
पूर्वसांसद शाहले गुटगत कारणले क्षेत्रबाट एकलौटी सिफारिस भएको उल्लेख गर्दै उक्त विषयमा आज जिल्लामा ध्यानाकर्षण गराएको र अब पार्टी केन्द्रीय कार्यालयमा पनि गराउने रातोपाटीलाई बताएका छन् ।
एकलौटी सिफारिस भएका कनौडिया लुम्बिनी प्रदेशका पूर्वसांसद हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण