नेकपाको एकता सन्देशसभा : पार्टीको नीति र विचार जनस्तरमा पुर्याइँदै
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकता सन्देशसभा गरिरहेको छ ।
पार्टी एकताको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न जिल्ला तहमा एकता सन्देशसभा भइरहेको उक्त पार्टीको केन्द्रीय सदस्य ज्ञामनाथ गैरै ‘अनिल’ले जानकारी दिए ।
यही मङ्सिर १४ गते प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको नेकपाले त्यसयता म्याग्दी, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ र पर्वतमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ ।
शनिबार बागलुङ र नवलपुरमा एकता सन्देशसभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताउनुभयो । मुस्ताङ र मनाङमा कार्यक्रम तय हुन बाँकी रहेको उनको भनाइ छ । प्रदेशस्तरीय एकता सन्देशसभा पोखरामा भइसकेकाले कास्कीको छुट्टै कार्यक्रम आयोजना नहुने भएको हो ।
पोखरामा भएको गण्डकी प्रदेशस्तरीय एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरूले सम्बोधन गरेका थिए ।
जिल्लास्तरमा भएका एकता सन्देशसभामा पनि केन्द्रीयस्तरका नेताहरू सहभागी भइरहेका छन् । शनिबार बागलुङ सदरमुकाममा हुने एकता सन्देशसभालाई उक्त पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिलकुमारी पन्तलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
एकता सन्देशसभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउने काम नेकपाले गरिरहेको केन्द्रीय सदस्य गैरैले बताए ।
“नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रूपमा प्रवाह भइरहेको छ, यसले पनि निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उनले भने । यही मङ्सिर २९ गते पालिकास्तरमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण