पुरस्कार विजेता चलचित्र ‘चोल’ का अभिनेताको ३० वर्षको उमेरमा निधन
सारांश
- मलयालम फिल्म 'चोल' का अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन भएको छ।
- अखिल शनिबार घरमा मृत फेला परेका थिए, तर उनको मृत्युको कारण अझै अज्ञात छ।
- अखिल 'चोल' फिल्ममा उनको भूमिकाका लागि परिचित थिए र उनले बाल कलाकारको अवार्ड पनि जितेका थिए।
नयाँ दिल्ली । अवार्ड विजेता मलयालम फिल्म ‘चोल’ का अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन भएको छ। अखिल शनिबार आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए। यद्यपि, उनको निधनको कारण भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।
अधिकारीहरूले अखिलको मृत्युसँग जोडिएका परिस्थितिको अनुसन्धान गरिरहेका छन्। शनिबार बिहान अखिलकी आमा, गीता काममा जान तयारी गर्दै गर्दा उनले अखिललाई अचेत अवस्थामा भेटेकी थिइन्।
अखिल कोडालीमा एउटा मोबाइल पसलमा मेकानिकको रूपमा काम गर्थे। तर, भारतीय मिडियाका अनुसार उनी केही समयदेखि काममा पनि गएका थिएनन्।
अखिललाई सन् २०१९ मा केरला राज्य पुरस्कार जित्ने फिल्म ‘चोल’ मा उनको भूमिकाका लागि सबैभन्दा बढी चिनिन्छ। फिल्म ‘अपरेसन जावा’ पनि उनका चर्चित कामहरूमा समावेश छ। उनले आफ्ना भाइ अरुणसँग मिलेर फिल्म ‘मांगडी’ मा अभिनयका लागि केरला राज्य सरकारबाट उत्कृष्ट बाल कलाकारको अवार्ड पनि पाएका थिए।
अखिलको निधनको खबर सबैभन्दा पहिले फिल्मकर्मी मनोज कुमारले सामाजिक सञ्जालमा सेयर गरेका थिए।
यता, ‘चोल’ फिल्मका निर्देशक सनल कुमार ससिधरनले फेसबुकमा शोक सन्देश सेयर गर्दै लेखेका छन्, ‘अखिलले आत्महत्या गरेको खबर हृदय विदारक छ। उनी चरम गरिबीको अवस्थाबाट सिनेमा जगत्मा आएका थिए। मलयालम सिनेमामा अभिनेताको रूपमा प्रवेश गर्नका लागि ‘चोल’ फिल्म नै पर्याप्त थियो। यो दुःखद कथा हो। उनी अत्यन्तै गरिबीबाट आएका थिए।’
यस्तै, ‘चोल’ फिल्मका अभिनेता तथा निर्माता जोजू जर्जले पनि आफ्नो दुःख व्यक्त गर्दै लेखेका छन्, ‘अखिलको आत्माले शान्ति पाओस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण