एमाले जिल्ला सचिव कार्की रास्वपा प्रवेश
बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैनाका पूर्वनगरप्रमुख चित्रबहादुर कार्की आइतबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
आज रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले कार्कीलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
लामो समय एमालेको राजनीति गरेका कार्की सैनामैना नगरपालिकामा एमालेबाट २०७४ मा नगरप्रमुख निर्वाचित भएका थिए । ०७९ सालमा पुनः टिकट पाएर पराजित भएका कार्कीले एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहँदा र सांसद रहँदा स्वकीय सचिव रहेर काम गरेका थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेको भन्दै २३ गते नै उनले असन्तुष्टि जनाएका थिए । उनी पार्टीको जिल्ला बैठकसमेत लामो समयदेखि उपस्थित थिएनन् । कार्कीले जेनजी आन्दोलनपछि हत्याको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण