भारतले गर्याे बङ्गलादेशको आरोप अस्वीकार
काठमाडाैँ । भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ । दुई छिमेकी मुलुकबिच कूटनीतिक आदानप्रदान तीव्र भइरहेका बेला भारतको यो प्रतिक्रिया आएको हो ।
भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘१४ डिसेम्बर २०२५ को प्रेस नोटमा बङ्गलादेशको अन्तरिम सरकारले गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गर्दछ’ भनिएको छ ।
उक्त प्रतिक्रिया बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले विदेशबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएको केही समयपछि आएको हो ।
भारतले आफ्नो दीर्घकालीन अडान दोहोर्याउँदै बङ्गलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय चुनाव हुनुपर्नेमा जोड दिएको छ ।
विदेश मन्त्रालयका अनुसार भारतले कहिल्यै पनि आफ्नो भूभाग बङ्गलादेशका मित्रवत जनताको हितविरुद्ध हुने गतिविधिका लागि प्रयोग गर्न अनुमति दिएको छैन ।
विज्ञप्तिमा भारतले बङ्गलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था कायम राख्दै शान्तिपूर्ण चुनाव सम्पन्न गराउन आवश्यक सबै कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ ।
यसअघि बङ्गलादेशले भारतमा रहेका शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गर्दै उनीहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पुर्याउने प्रयास गरेको आरोप लगाएको थियो । ढाकाले भारतमा रहेका अवामी लिगका केही सदस्यले बङ्गलादेशविरुद्ध गतिविधि गरिरहेको दाबीसमेत गरेको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिहरूमा चुनावी प्रक्रियामा अवरोध पुर्याउन आतङ्कवादी कार्यहरूको योजना, सङ्गठन र सहयोगसमेत रहेको आरोप छ ।
साथै, बङ्गलादेशी राजनीतिक नेता सरिफ उस्मान हादीको हत्या प्रयासमा संलग्न संदिग्धहरू भारत भाग्न नपाउन् भनी सहयोग मागिएको छ ।
बङ्गलादेशका अनुसार भारतीय उच्चायुक्तले भारत बङ्गलादेशमा शान्तिपूर्ण चुनावका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण